Thursday, March 23, 2017

         अर्जेन्टिना संकटमा डायबाला खेल्ने अनिश्चित
बार्सिलोनाले आँखा लगाएको अर्जेन्टिनी युवा स्ट्राइकर पाउलो डायबाला विश्व कप छनोटअन्तर्गत चिलीविरुद्धको खेलमा अनुपस्थित हुने सम्भावना बढेर गएको छ। गत साता इटालियन सिरियाअन्तर्गत साम्पडोरियाविरुद्धको खेलमा उनलाई खुट्टामा चोट लागेको थियो। डायबाला युभेन्ट्सबाट खेल्ने गर्छन्।
विश्व कप छनोटमा चिली २० अंकका साथ अर्जेन्टिनाभन्दा एक स्थान माथि छ। त्यसैले विहिबार राती (नेपाली समयअनुसार शुक्रबार बिहान सवा ५ बजे) सुरु हुने खेलमा जित हात पारेको खण्डमा अर्जेन्टिनाको प्लेअफ खेल्ने सम्भावना बलियो रहनेछ।
अर्जेन्टिना हाल छैटौ स्थानमा छ। दक्षिण अमेरिकी समूहमा ४ देश सिधै विश्व कपका लागि छनोट हुने र पाँचौ देशले प्लेअफ खेल्न पाउने नियम छ।
२३ वर्षीय स्ट्राइकर डायबाला अहिले छुट्टै अभ्यास गरिरहेका छन्। उनको खेल्ने सम्भावना फितलो रहेको अर्जेन्टिनी फुटबल संघले जनाएको छ। त्यही पनि झिनो आशाका बीच उनलाई तयार पार्न एक्लै अभ्यासमा संलग्न गराइएको छ।
‘डायबालाले मंगलबार छुट्टै अभ्यास गरेका छन्। उनको दाहिने खुट्टाको पाखुरामा लागेको चोटमा केही सुधार देखिएको छ,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
यसअघि भएको ५ भिडन्तमध्ये ३ मा अर्जेन्टिना विजयी भएको छ भने २ खेल चिलीले जितेको छ। चिलीले दुवै खेल पेनाल्टी सुटआउटमा जितेको हो।
- See more at: http://setopati.com/khel/65671/#sthash.59qD3WC9.dpuf

Unknown

About Unknown

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :