Tuesday, May 23, 2017

ओलम्पिकमा अवरोध हटेको दाबी

सर्वोच्च अदालतले फैसला कार्यान्वयन शाखा, गृह मन्त्रालय र ललितपुर जिल्ला प्रशासन कार्यालयको पत्रलाई ‘यथास्थिति’ मा राखी छलफल गर्न अन्तरिम आदेश जारी गरेसँगै नेपाल ओलम्पिक कमिटिको अवरोध हटेको अध्यक्ष जीवनराम श्रेष्ठले दाबी गरेका छन् ।

मान्यताप्राप्त ओलम्पिक कमिटी भएको दाबी गर्दै त्यही पत्रका आधारमा रुक्मशम्शेर राणाको नेतृत्व सातदोबाटोस्थित ओलम्पिक भवन प्रवेश गरेको थियो । त्यसयता श्रेष्ठ समूह कार्यालयविहीन भएको हो । त्यो कार्य अवैधानिक भन्दै श्रेष्ठले दिएको रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्च
अदालतले आइतबार दुवै पक्षलाई जेठ १४ मा छलफलका लागि बोलाएर उक्त पत्रलाई यथास्थितिमा राख्नू भनेको थियो ।

‘गैरकानुनी रूपमा रुक्मशम्शेरको समूहले भवन कब्जा गरेको छ, त्यसको पत्र नै निस्क्रिय भएको छ । यसले विवादलाई एक तहमा अन्त्य गरेको छ । अब अवरोध खुलाइदिने जिम्मेवारी सम्बन्धित कार्यालयको हो,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले भने ।

Unknown

About Unknown

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :