Thursday, May 4, 2017

'म पनि सामान्य मान्छे हुँ’

-क्रिस्टियानो रोनाल्डो आखिरमा सामान्य मान्छे नै हुन् । उनी यस्तै दाबी गर्छन् । तर उनको विशेष खेल मद्दतले रियल म्याड्रिड लगभग युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको छ । ‘कडा मिहिनेत र समर्पणबाट राम्रो नतिजा भने आउने गर्छ,’ रोनाल्डोले बुधबार भने, ‘म खुसी छु । भाग्यमानी छु । त्यो भन्दा ठूलो म सामान्य मान्छे नै हुँ ।’

एट्लेटिको म्याड्रिडविरुद्धको सेमिफाइनल पहिलो लेगबारे उनले भने, ‘यो खेलमा म भावनात्मक रूपमा सहभागी थिएँ । टिमको जोस पनि उत्तिकै थियो । मैले तीन गोल गरें, त्यसैले अघिल्लो दिनको रात विशेष रह्यो ।’ अहिले ३२ वर्ष पुगेका रोनाल्डोले कम्तीमा च्याम्पियन्स लिगमा खुबै लय समातेका छन् ।

छिमेकी एट्लेटिकोले आफ्नो १ सय ३ वर्षको इतिहासमा च्याम्पियन्स लिगमा जति गोल गरेको छ, त्यो भन्दा बढी गोल रोनाल्डो एक्लैले गरेका छन् । यसले पनि प्रस्ट पार्छ, युरोपेली फुटबलमा म्याड्रिडका यी दुई क्लबको उपस्थिति कति फरक छ भनेर । एट्लेटिकोलाई ‘सुतेको बाघ’ पनि भनिन्छ । यही बाघविरुद्ध रोनाल्डोको खेल प्रायस् राम्रो हुने गर्छ ।

च्याम्पियन्स लिगका पछिल्ला साढे ५ वर्षमा रोनाल्डोले एट्लेटिकोसँगको प्रदर्शनले यही भन्छ । यता रोनाल्डोको आँखा भने अहिले नै कार्डिफमा छ, जहाँ च्याम्पियन्स लिगको फाइनल हुनेछ । ‘मलाई विश्वास छ, त्यहाँ पनि म राम्रो गर्न सक्ने छु । तर यसअघि सेमिफाइनल दोस्रो लेगमा राम्रो गर्नुपर्नेछ,’ उनी भन्छन् ।

Unknown

About Unknown

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :