Tuesday, May 23, 2017

महिला भलिबल तेस्रो साता

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले जेठ २३ गतेदेखि तेस्रो राष्ट्रिय महिला भलिबल गर्ने भएको छ ।
जेठ २६ सम्म हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए । उनका अनुसार गत वर्षभन्दा पुरस्कारको राशि दोब्बर बनाइएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले भाग लिने छन् ।

स्पर्धालाई बहुराष्ट्रिय रंग कम्पनी केएनपी जापान प्रालिको साथ रहनेछ । सर्वोकृष्ट खेलाडीले १५ हजारसाथै एयर एसियाबाट काठमाडौं–मलेसिया–काठमाडौंको हवाई टिकट पाउने छन् । विधागत उत्कृष्टमा स्पाइकर, क्वीकर, सेटर, ब्लकर, डिफेन्स र सर्भर पुरस्कृत हुनेछन् । उत्कृष्ट सबैले जनही ३ हजार पाउने छन् । उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयर चुन्नुका साथै एक खेलाडीलाई स्पेसल अवार्डबाट पनि सम्मानित गरिने भएको छ ।

Unknown

About Unknown

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :