Thursday, May 4, 2017

कोरियामा ठुलो राशीको फुटवल प्रतियोगिता


कोरियामा नेपाली संघसंस्थाले लाखौ पुरस्कारका फुटबल प्रतियोता आयोजना गर्दै आएका छन् । प्रतियोगितालाई व्यवस्थीत रुपमा संचालन गर्न नेपाल फुटबल महासंघ दक्षिण कोरियाले आलोपालो प्रणाली मार्फत कार्यक्रम बाँडफड गरेको छ ।
वैशाख २०, २०७४- दक्षिण कोरियाको गजेदोमा आयोजित प्रथम डेउ कप फुटबल प्रतियोगिताको उपाधी धरान एफसीले जितेको छ । यसको पुरस्कार राशी ३५ लाख वन (करिब साढे तीन लाख रुपैयाँ) थियो ।
आयोजक समाजका अध्यक्ष अंशुवर्मा लिम्बुका अनुसार यो सबैभन्दा ठुलो राशीको खेल भएको बताए । 
डेउ नेपाली एकता समाज गजेदोले आयोजना गरेको प्रतियोगितामा उपविजेता मगर एफसीले २० लाख वनमै चित्ता बुझाउनुपर्‍यो । प्रतियोगितामा आयोजक डेउ एफसी रातो र निलो सहित १४ टिमको सहभागिता थियो । खेलको निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइब्रेकरबाट धरान एफसी २ को विरुद्ध ४ गोलले जितेका थिए ।  
प्रतियोगितामा धरानका सुमन तामाङ उत्कृष्ठ, कास्कीका शक्रराज तामाङ र डेउका रोबिन खड्का सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ठ गोलकिपरमा धरानकै रुपेन लामा बने । यसभन्दा अघि अप्रिल ६ तारीख सम्पन्न धराण फुटबल क्लबद्वारा आयोजित“बुढासुब्बा गोल्ड कप”को विजेता मनाङ एफसी र उपविजेता मगर एफसी बनेका थिए । विजेतालाई १६ लाख वन (करिब एक लाख ६० हजार रुपैया) र उपविजेतालाई ८ लाख वन प्रदान गरिएको थियो ।  
कोरियामा नेपाली संघसंस्थाले लाखौ पुरस्कारका फुटबल प्रतियोता आयोजना गर्दै आएका छन् । 
प्रतियोगितालाई व्यवस्थीत रुपमा संचालन गर्न नेपाल फुटबल महासंघ दक्षिण कोरियाले आलोपालो प्रणाली मार्फत कार्यक्रम बाँडफड गरेको छ । 
जसअनुसार मे २८ मामासक क्लबद्धारा आयोजना गरिने मासक नेपाली कप, जुन ११ मा कास्की फुटबल क्लबको माछापुच्छ्रे कप, जुलाई ९ मा सुदुरपश्चिम फुटबल क्लबको खप्तड कप, अक्टोबर ३ मा गुनसान नेपाली समाजको गुनसान नेपालीकप, नेपाल राजदूतावासको  एम्बसडर कप, एभरेष्ट फुटबल क्लबको एभरेष्ट कप र नेपाल फुटबल महासंघले फेडरेशन कप आयोजना गर्ने भएका छन् ।
 
कोरियामा विभिन्न जातिय र क्षेत्रिय स्तरको स्थापित १७ वटा क्लब महासंघमा आबद्ध भएको महासंघका अध्यक्ष कृष्ण ब्रो तमुले जनाए ।  इपिएस  तथा विभिन्न शिलसिलामा कोरिया आएका नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ६ जना खेलाडी विभिन्न क्लबमा आवद्ध भई खेलिरहेको अध्यक्ष तमुले बताए । 

Unknown

About Unknown

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :